Media Foundation

खोजमूलक एवं मल्टिमिडिया रिपोर्टिङ फेलोसिप, २०१९ मा आवेदन दिन मुलुकभरका पत्रकारलाई आमन्त्रण

Apr 26, 2019

मिडिया फाउन्डेसन (एमएफ ) तालिम, शिक्षा र अनुसन्धानमार्फत् पत्रकारिता र आमसञ्चारको स्तर अभिवृद्धिमा एक दशकदेखि क्रियाशील गैरनाफामूलक संस्था हो । ह्युम्यानिटी युनाइटेडको सहयोगमा एमएफले खोजमूलक एवं मल्टिमिडिया रिपोर्टिङ फेलोसिप, २०१९ मा आवेदन दिन मुलुकभरका पत्रकारलाई आमन्त्रण गर्दछ ।

फेलोसिपप्राप्त गर्ने पत्रकारलाई एक साता जेठ २४-३०, २०७६ (२०१९ जुन ७-१३) सम्म बुटवलमा आवासीय कार्यशाला हुनेछ । कार्यशाला र यातायातको खर्च एमएफले ब्योहोर्नेछ । विशेष खोजमूलक रिपोर्टिङकालागि प्रत्येकलाई ७० हजार रुपैयाँसम्म लेखनवृत्ति प्रदान गरिनेछ ।

आवश्यक मापदण्ड:

योग्यता: कुनै पनि विषयमा स्नातक र पत्रकारितामा कम्तिमा चार वर्षको अनुभव

कार्यशालामा भागलिन चाहनुका कारण ४०० शब्दमा खुलाउने ।
सन् २०१५देखि यता तपाईका जवाफदेहिता, श्रम प्रवासन (वैदेशिक रोजगार), मानव बेचविखन वा अन्य कुनै विषयमा प्रकाशित अथवा प्रसारित खोजमूलक दुईवटा समाचार ।
३०० शब्दसम्ममा वैयक्तिक विवरण
बायोडाटा
आवद्ध संस्थाबाट स्टोरी प्रकाशनकोलागि सम्पादकबाट अनुमतिपत्र । स्वतन्त्र पत्रकारले पनि स्टोरी प्रकाशन अथवा प्रशासण हुने संस्थाबाट अनुमतिपत्र लिनुपर्नेछ

आवेदनदिने अन्तिम मिति जेठ १, २०७६ (मे १५, २०१९) | छनोट भएका फेलोलाई जेठ १३, २०७६ (मे २७, २०१९) सम्म इमेल वा फोनमार्फत खबर गरिने छ |

फेलोसिपकोलागि तल दिइएको आवेदन फर्म अनलाइन भर्नु पर्नेछ |

http://bit.ly/mfnepal2

Back to news page